Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल


काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको र जबरजस्त आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। उनले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताए ।

उनले भने, ‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन । सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन । हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिन पर्यो  ।’

अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?