Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल


काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको र जबरजस्त आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। उनले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताए ।

उनले भने, ‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन । सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन । हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिन पर्यो  ।’

अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?