Trending
>>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल असोज २९ गते मंगलबार, हेर्नुहोस आजको राशिफल >>   परिक्षणको रुपमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल >>   कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ? >>   मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान >>   सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक >>   कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो ) >>   आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट >>   सवारी दुर्घटनामा तीन जनाको मृत्यु >>   १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी अभियोगमा सन्तराम पक्राउ
Logo
२९ आश्विन २०८१, मंगलवार
२९ आश्विन २०८१, मंगलवार

चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ


काठमाडौं। सहकारी छानविन प्रकरणमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेको छ ।

समितिको सिफासिरसँगै अहिले समाज दुईतिर विभाजित छ । एउटा पक्षले रवि लामिछानेले सहकारीबाट सोझै रकम लिएको प्रमाण नभेटिएको भन्दै रवि निर्दोष रहेको बताइरहेका छन् । तर अर्को पक्षले भने रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियाबाट लिएर अपचलन गरेको र समितिले पनि कारबाहीको सिफारिस गरेको भन्दै कारबाही हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता÷कार्यकर्ता र पार्टी सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतले सभापति लामिछानेले क्लिन चिट पाएको धारणा व्यक्त गरिरहेका छन् । समितिको गठनको समयमा कार्यादेश बनाउँदा व्यक्तिमँ केन्द्रित नभइ गोरखा मिडियामा मात्रै छानविन गर्न पाइने नियम बनाइएको थियो । सोहीअनुसार समितिले गोरखा मिडियामा सहकारीबाट विभिन्न रुपमा रकम ल्याइएको प्रमाणसहित सञ्चालकहरुलाई कारबाहीको सिफारिस गरेको छ ।

न्युज एजेन्सी नेपालले रवि लामिछानेलाई निर्वाचित गराउने चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुसँग कुराकानी गरेको छ । जसमा चितवन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका छन् । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र नम्बर २ का जनताले लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका हुन् ।

पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछाने संसदीय राजनीतिमा प्रवेश गरेका दिनदेखि विवादित रहे । राजनीतिमा प्रवेश गरेसँगै नागरिकता, राहदानी प्रकरणदेखि सहकारी रकम अपलचन तथा ठगी काण्डमा समेत विवादित बन्न पुगे । सहकारी रकम ठगी प्रकरणमा दोषी देखिएसँगै चितवन २ का मतदताले दोहर्याएर भोट दिएकोमा पछुतो लागेको गुनासो गरे ।

मतदाताहरुले पत्रकारिताका माध्यमबाट देश र जनताको लागि गरेका कामको आधारमा भोट दिएपनि पछिल्लो समयमा जनताले सहकारीमा राखेको रकम ठगी प्रकरणमा दोषी देखिँएसँगै पछुतो लागेको बताए । उनीहरुले लामिछानेले सहकारीको रकम ठगी गरेर चितवनका जनताले दोहो¥याएर दिएको मतको अपमान गरेको दाबी गरे । राजनीतिमा जनताको वितृष्णा जागृत भएको समयमा केही आशा लागेर जनताले मत दिएपनि लामिछानेले सहकारीमा गरिव जनताले राखेको रकम अपचलन गरेर राम्रो नगरेको बताए ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम अपचलनमा दोषी देखाएसँगै चितवन २ सहकारी ठग सांसदको क्षेत्र भन्दा नराम्रो लाग्ने गरेको बताए । उनीहरुले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा किन मत दिएर सांसद बनाइएछ ? भन्ने आफैँलाई हिनताबोध हुने सांसद लामिछानेले चितवनका जनतालाई बनाएको उल्लेख गरे ।

पछिल्लो समय चितवन क्षेत्र नम्बर २ का टोल, चोक, पसल, खेत, घर र बारीमा लामिछानेकै चर्चा हुने गरेको छ । भरतपुर महानगर पालिका वडा नम्बर १० का रचन कार्कीले रवि लामिछानेलाई चितवन २ बाट निर्वाचन जिताएर पठाएकोमा सहकारी काण्डमा जोडिएसँगै हिनताबोध भएको बताएका छन् । उनले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा पनि लामिछानेको चर्तिकलाले हिनताबोध गराएको बताए ।

उनले अब फेरि पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै मानिसलाई भोट नहाल्ने दाबी गरे । उनले दुई पटकसम्म धेरै आशा गरेर जनताले निर्वाचन जिताएर पठाएको उल्लेख गर्दै उनले विदेश गएका छोराछोरी स्वदेश फर्कने र प्रदेश खारेज हुने लगायतका आशा बोकेर जनताले भोट हालेको भएपनि गृहमन्त्री भएपछि विदेशबाट आफैँ टिकट काटेर देश आउनु भन्ने अभिव्यक्तिले जनतालाई निरास बनाएको बताए । उनले निर्वाचन जितेर पनि चितवन क्षेत्र नम्बर २ मा बजेट समेत हाल्न नसक्ने सांसदका कारण जनतामा निरासा छाएको बताउदै उनले सहकारीमा निम्नवर्गका मानिसहरुले जम्मा गरेको पैसा ठगी गर्नु गलत भएको बताएका छन् ।

यसैगरी,भरतपुर महानगर ११ का गुणकान्त पोखरेलले पनि चितवन क्षेत्र नम्बर २ मा जनताले भगवान बनाएर पनि मतदाताको मतको अपमान गरेको बताए । उनले चितवन २ मा सांसद निर्वाचित भएपति कृष्णभक्त पोखरेल जतिको पनि केही गरेर देखाउन नसकेको बताए । उनले रवि लामिछानेले काम भन्दा पनि बढी प्रचारबाजी बढी भएको भन्दै सहकारी ठग प्रकरणमा गोरखा मिडियाको तत्कालिन प्रवन्ध निर्देशकको हिसावले जिम्मेवार देखिएको बताएका छन् । उनले सहकारी छानविन समितिले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नु पर्नेमा जोड दिए।

यस्तै,त्यस्तै,भरतपुर महानगर पालिका वडा नम्बर १२ की ओसिन मगरले पनि रवि लामिछानले पत्रकारिताबाट गरेको जतिको काम सांसद भएर गर्न नसकेको बताइन् । उनले सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्र लगायत मुुलुकभरको लागि धेरै काम गर्न सक्नुपर्ने भएपनि त्यस्तो काम केही गर्न नसकेको बताउदै उल्टो जनताको रकम सहकारीमार्फत अपचलनमा दोषी देखिनु चितवनका जनताको लागि निरासा छर्ने काम भएको बताइन्। भरतपुर ११ का बलराम बोहोराले पनि सहकारी छानविन समितिले दिएको प्रतिवेदन अनुसार जोसुकै भए पनि सरकारले कारबाही गर्नुपर्ने बताउदै पार्टीगत हिसावमा कसैलाई पनि छुट दिन नहुने बताइन् । उनले जनताले अहिलेसम्म कुनैपनि मुद्धामा न्याय पाउन सकेको भन्दै चिप्लो भाषण र थोत्रो कुरा गर्ने लामिछानेलाई कारकाही गर्नुपर्नेमा जोड दिइन् ।

भरतपुर महानगरपालिका १० का हरिभक्त पण्डितले सबै जनताले सहकारीको पैसा पाउनुपर्ने बताए । उनले सरकारले सहकारी पीडितको रकम फिर्ता गराउन सक्नुपर्नेमा जोड दिँदै रविलाई सबैले फसाएको आशय व्यक्त गरेका छन् । उनले जनताले देश बनाउने नेता चाहेको भन्दै जनताको पैसा खाने नेता चितवनलाई आवश्यक नभएको बताए।

यस्तै,भरतपुर महानगर १० का भीमप्रसाद लामिछानेले लामिछानेमाथि साढेको रजाईमा बाछाको मिचान भएको टिप्पणी गर्दै उनले रविलाई फेरी पनि जनताले जिताउने दाबी गरे ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले संसदम प्रतिवेदन पेश गरेसँगै बजारमा चर्चा चलिरहेको छ । समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई दोषी देखाउँदै कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो । तर सभापति लामिछाने भने समितिले क्लिन चिट दिएको भन्दै पार्टीभित्र उत्सव मनाउन व्यस्त छन् । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले समेत सहकारी ठगी सम्बन्धमा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । समितिले प्रतिवेदनले विभिन्न सहकारी संस्थाको ६५ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कले हिनामिना रवि लामिछाने तत्कालिन प्रवन्ध निर्देशक रहेको निष्कर्ष निकाल्दै कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकका रुपमा लामिछानेले सहकारीबाट अवैधरुपमा आएको २२ करोड ४६ लाख रुपैयाँ खर्च गरेको ठहर गरेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, प्रवन्धन निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न भनिएको छ । अब रवि लामिछानेलाई सरकारले कारबाहीको दायरामा ल्याउने करिव निश्चित जस्तै देखिन्छ । २०७९ मंसिर ४ को चुनावमा लामिछाने चितवन ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए भने उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?