Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने


काठमाडौं ।  राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकपछि कुरा गर्दै समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी छिन् ।

उनले आजको(शुक्रबार)को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताइन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ ।

उनले भनिन्,‘म सभापति भएर आएर पहिलो पटक बैठक सञ्चालन गरेको हुँदा पहिला गरेका कामहरुलाई रिभ्यु गर्ने भन्ने हिसावले बैठकका कार्यविधिहरु के छन्, बजेटको अवस्था के छ, समितिमा कतिवटा विधेयकहरु प्राप्त भएका छन्, यो विषयमा जानकारी लिने, जानकारी गराउने र कार्यविधिको बारेमा माननीय सदस्यहरुले जानकारी गराएर उहाँहरुको सुझाव र सल्लाहसहित अर्को बैठकमा पारित गर्ने निर्णय ग¥यौँ । कार्य परामर्श उपसमिति बनेको थियो सभापतिसहित ६ सदस्यीय । त्यसलाई पुनःगठन गर्ने निर्णय ग¥यौँ । चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर नविकरणीय ऊर्जा सम्बन्धी विधेयकको बारेमा त्यसको समिति कोगठनको प्रक्रिया के हुन्छ ? कति सदस्यीय समिति हुन्छ ? त्यसको नेतृत्व कसले गर्छ ? केन्द्र ठूलो कि समिति ठूलो भन्ने विषयमा निर्णय ग¥यौँ । नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको पहिले छलफल हुँदै आएको कुरा थियो । त्यसमा आज हामीले परिच्छेद ४ को दफा ११ को विषयमा समितिको गठन सम्बन्धी विषयमा छलफल ग¥यौँ ।’

समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिएकी छिन् ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?