Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

निक्षेप बीमाको नयाँ अवधारणा बनाउनु पर्छः गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताए ।

गभर्नर अधिकारीले भने, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण छ । बैंकिङ सिस्टममा । करिव करिव २०/२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेट भएको छ । हाम्रो एक्सपेक्टेसन सामान्यतया के रहन्छ भने ट्रेडिशनली जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ । अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणा अनुरुप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरुले राख्नुपर्छ ।’

गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानूनी संशोधनका प्रश्तावहरु अघि बढाएर जानुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?