Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

निक्षेप बीमाको नयाँ अवधारणा बनाउनु पर्छः गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताए ।

गभर्नर अधिकारीले भने, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण छ । बैंकिङ सिस्टममा । करिव करिव २०/२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेट भएको छ । हाम्रो एक्सपेक्टेसन सामान्यतया के रहन्छ भने ट्रेडिशनली जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ । अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणा अनुरुप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरुले राख्नुपर्छ ।’

गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानूनी संशोधनका प्रश्तावहरु अघि बढाएर जानुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?