Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय : माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरेका छन् । उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताउदै राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताएका छन् । उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताउदै उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको र सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?