Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

१ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ


काठमाडौं। नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ बिरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारवाहीको क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताएका छन्  ।

गत भदौ १८ गते जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं. ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. ७ माकलवारी बस्ने वर्ष ३० को बहादुर राईलाई ऐ.ऐ. वडा नं. ५ स्थित वागमती करिडोर सडक किनारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ९ सय क्याप्सुलसहित पक्राउ गरिएको बताए  । निज बस्दै आएको को डेरा कोठा खानतलासी गर्दा थप ट्रामाडोल ३३ हजार ६ सय गरी जम्मा ३४ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको बताएका छन्  ।

भदौ १९ गते जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ बस्ने वर्ष २२ का विपिनकुमार महतोलाई जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा. ६ बाबाचोक स्थितबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको बताए ।

विशेष सूचनाको आधारमा मिति भदौ ३१ गते जिल्ला पर्वत महाशिला गा.पा. वडा नं. ५ लुंखु पर भई काठमाडौं न.पा. २७ मित्रनगर बस्ने वर्ष २७ का चालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल ९ हजार क्याप्सुलसहित पक्राउ गरिएको बताए । निजले उक्त नियन्त्रित मनोद्विपक पदार्थ सम्झना रोक्काबाट खरिद गरी विक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताएका छन् ।

जिल्ला झापा अर्जुनधारा न.पा. ब.डा.न.१ ठेगाना भई हाल काठमाडौं जिल्ला टोखा न.पा.९ गोंगबु बस्ने वर्ष ३२ की सम्झना रोक्कालाई निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजको घर कोठा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बताए । निज सम्झना रोक्काले उक्त ट्रामाडोल क्याप्सुलहरु विक्री वितरण गर्ने मुख्य व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ को खुल्न आएको बताउनु भयो ।

प्रहरीकाअनुसार असोज ३ गते जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ प्रदीप सर्राफलाई जिल्ला काठमाडौं टोखा न.पा.१० बाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको छ । साथै निजको कारोवारमा सहयोग गर्ने का.म.न.पा. वडा नं. १५ डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज प्रदीप सर्राफले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडौ मा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै निजहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ वमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?