Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् । खनालले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको र काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने बताउदै संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको पनि बताए।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?