Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचितको मात्रै बनाऔँः सांसद खतिवडा


काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन् ।

बिहीवार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरुको मात्रै सभा बनाउनुपर्ने बताएका छन् । उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिष्पर्धा गराउन सकिने बताउदै समानुपातिक सदस्यहरुलाई राष्ट्रिय सभामा लानुपर्ने बताएका छन् ।

उनले शासकीय स्वरुप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने बेला आइसकेको र राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?