Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचितको मात्रै बनाऔँः सांसद खतिवडा


काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन् ।

बिहीवार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरुको मात्रै सभा बनाउनुपर्ने बताएका छन् । उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिष्पर्धा गराउन सकिने बताउदै समानुपातिक सदस्यहरुलाई राष्ट्रिय सभामा लानुपर्ने बताएका छन् ।

उनले शासकीय स्वरुप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने बेला आइसकेको र राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?