Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

संविधान दिवसको बिरोधमा जनकपुरमा लोसपाको र्याली


जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको बिरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिरोध र्याली निकालेको छ ।

मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताहरुले संविधान दिवसको बिरोधमा कालोपट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

लोसपाका नेता कार्यकर्ताहरुले प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा बिरोध प्रदर्शन गरे । जनकपुरधामको विभिन्न चोकको परिक्रमा गर्दै उनीहरुले बिरोधमा नाराबाजी समेत गरेका थिए । बिरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेसी जनताको  हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसी जनताको अधिकारको ग्यारेन्टी हुनेगरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए ।

नेता सोनलले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?