Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

संविधान दिवसको बिरोधमा जनकपुरमा लोसपाको र्याली


जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको बिरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिरोध र्याली निकालेको छ ।

मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताहरुले संविधान दिवसको बिरोधमा कालोपट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

लोसपाका नेता कार्यकर्ताहरुले प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा बिरोध प्रदर्शन गरे । जनकपुरधामको विभिन्न चोकको परिक्रमा गर्दै उनीहरुले बिरोधमा नाराबाजी समेत गरेका थिए । बिरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेसी जनताको  हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसी जनताको अधिकारको ग्यारेन्टी हुनेगरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए ।

नेता सोनलले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?