Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइनः राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन्

बिहीवार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताउदै उनले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताएका छन् । उनले  बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउदै आफैँभित्र आशाको दियो बाल्दै  बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताएका छन्।

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउदै  राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताए  ।

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरेका छन्  ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?