Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नयाँ पुस्ताका बालबालिकाहरु असक्षम छैनन्ः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन्  ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताउदै  शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए। उनले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गरे । उनले नयाँ पुस्ताका बालबालिकाहरु असक्षम नरहेको भन्दै उनीहरुले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिनुपर्ने बताउदै शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरुलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरु लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए ? विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरुको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुची भएकालोई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन । शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रुपमा बालबालिकालाई शिक्षा दिनुपर्छ । अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ । आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा अब खासगरी शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँछु ।’

प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताउदै  शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?