Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

संविधान दिवसको दिन दरबारमार्गमा नागरिकस्तरको नेशनल डे कन्सर्ट आयोजना हुने


काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेशनल डे कन्सर्ट आयोजना हुने भएको छ ।

आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धिहरू र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवद्र्धन गर्न, युवा पुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने विश्वास समेत छ ।

कार्यक्रमको उद्देश्य आम जनतामा देशभक्तिको गहिरो भावना जगाउने, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको महिरो प्रेमलाई प्रोत्साहन गर्ने, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र स्मरणीय रूपमा मनाउने, राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवद्र्धन गर्ने, नेपाली राष्ट्रिय गीत संगीतको प्रश्तुतीका साथ आम जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्ने रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दहालले बताएका छन् ।

ख्यातीप्राप्त कलाकारहरूद्वारा राष्ट्रिय भावनाले ओतप्रोत गीत संगितको प्रश्तुती रहने बताइएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रश्तुती दिनेछन् ।

नेशनल डे कन्सर्टलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक संगठन, नागरिक समाज र सर्वसाधारणहरूको सहयोग र समन्वय आवश्यक रहेको नेशनल डे कन्सर्ट वृहत नागरिक आयोजक समितिले जनाएको छ ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?