Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

संविधान दिवसको दिन दरबारमार्गमा नागरिकस्तरको नेशनल डे कन्सर्ट आयोजना हुने


काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेशनल डे कन्सर्ट आयोजना हुने भएको छ ।

आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धिहरू र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवद्र्धन गर्न, युवा पुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने विश्वास समेत छ ।

कार्यक्रमको उद्देश्य आम जनतामा देशभक्तिको गहिरो भावना जगाउने, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको महिरो प्रेमलाई प्रोत्साहन गर्ने, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र स्मरणीय रूपमा मनाउने, राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवद्र्धन गर्ने, नेपाली राष्ट्रिय गीत संगीतको प्रश्तुतीका साथ आम जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्ने रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दहालले बताएका छन् ।

ख्यातीप्राप्त कलाकारहरूद्वारा राष्ट्रिय भावनाले ओतप्रोत गीत संगितको प्रश्तुती रहने बताइएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रश्तुती दिनेछन् ।

नेशनल डे कन्सर्टलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक संगठन, नागरिक समाज र सर्वसाधारणहरूको सहयोग र समन्वय आवश्यक रहेको नेशनल डे कन्सर्ट वृहत नागरिक आयोजक समितिले जनाएको छ ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?