Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न


काठमाडौं।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा मंगलबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरेका छन्। साथै उनले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’ को विमोचन समेत गरेका छन्  ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले लागूऔषध दुर्व्यसनीको समस्यालाई नियन्त्रण गर्ने मात्र नभई यसबाट प्रभावित व्यक्तिहरूलाई समाजमा पुनस्थापना गर्नका लागि ठोस कदमहरू चालेको र यसै उद्देश्यका साथ स्थापना भएको आसरा सुधार केन्द्रले यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै  केन्द्रले स्थापना कालदेखि नै सामाजिक सुधार र सकारात्मक परिवर्तनको लागि अतुलनीय योगदान पुर्‍याउँदै आएको चर्चा गर्दै लागूऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनस्थापनाको माध्यमबाट नयाँ जीवनको शुरूवात गराउन केन्द्रले गरेका काम अत्यन्त सराहनीय रहेको उनले उल्लेख गरेका छन्  ।

प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध दुर्व्यसनीको प्रभावले व्यक्तिगत जीवनसँगै घर, परिवार, समाज र राष्ट्रको भविष्यमा समेत नकारात्मक असर गर्ने उल्लेख गर्दै यस समस्यासँग लड्नको लागि कानूनी, सामाजिक चेतना र पुनस्थापनाको दृष्टिकोणबाट समन्वय र सहकार्य अपरिहार्य रहेको बताए  साथै एकिकृतढंगबाट समस्या समाधानका उपयाहरू पहिचान गरी सामूहिक प्रयासले मात्र समस्या समाधान हुनेमा उनले जोड दिएका छन्  । आगामी दिनमा केन्द्रको प्रयासलाई अझ सशक्त बनाई केन्द्रको भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरेकी छिन् । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिवन्दले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरुलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोही अनुरूप काम गर्दै आएको उल्लेख गरेकी छिन्  ।

केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापाले स्वागत मन्तव्य व्यक्त गर्दै  सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?