Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सरकार सबै राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्न चाहन्छः मन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताउनु भयो । सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिष्पर्धी पार्टीहरु हुन् । तर हामीले देशको जुन अफ्ठ्यारोमा देख्यौं । देशको जुन खालको जटिलता देख्यौं । देशमा आएका समस्याहरुको उचाई देख्यौं । समस्याहरुको आकार देख्यौं । हामी एक ठाउँमा उभिन तयार भयौ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । हामी सबै प्रकारको समाधान दिन चाहन्छौं ।

केवल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं । त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरुले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो । होष्टेमा हैँसे गर्ने समय हो । हामी सबै मिलेर पहिले देश बचाऔं । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ । त्यसपछि हामीले बचाएको देशको मैदानमा, हामीले बचाएको देशको राजनीतिक मैदानमा हामी बल्ल प्रतिष्पर्धा गर्नसक्छौं । व्यवसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौं ।

यही कुरा म तपाईहरुलाई आग्रह गर्न चाहन्छु–काँग्रेस–एमाले मूल प्रतिष्पर्धी एकठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभुति गरेर हामीले एकताको बाटोबाट कम्तिमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अफ्ठ्यारा र जटिलता व्यहोर्नुपरेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौं ।’

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराउनु भयो ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?