Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछः भूमि मन्त्री अधिकारी


काठमाडौं । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहँले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताउनु भयो । उहाँले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताउनु भयो । उहाँले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँने बताउनु भयो ।

उहाँले नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्न्ी गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्ने गरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने र कृषि व्यवसयमा आवद्ध गराएर जीविको पार्जन गर्न सक्ने गरी उद्यमशिलताको विकास गर्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्यका साथ मन्त्रालयले भूमि समस्या समाधान आयोग बनाउँछ ।

एक महिनाभित्रै सरकारले भूमि समस्या सामाधान आयोग बनाउँछौं । नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्टी गर्ने गरी काम गरिरहेका छौ । काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको छ ।’ उहाँले दक्षिण एशियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको बताउनु भयो । उहाँले विश्वमा पछिल्लो समय खाद्यको मूख्य चुनौती बन्दै गएको बताउनु भयो । उहाँले खाद्य व्यवस्था स्वस्छ नहुँदा स्वास्थमा समेत समस्या आउँदै गएको बताउनु भयो ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?