Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

माओवादी केन्द्रलाई काँग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन


काठमाडौँ।   सत्तारुढ नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गर्नुभएको हो । एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको उहाँको जिकिर थियो । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । तर सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिनुभएको थियो । त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको बताउनु भयो । प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘यसलाई सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आ आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमती भएर बोलेको कुरा हुँदैन पहिलो कुरा । दोस्रो कुरा, अव त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ । कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन । अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरु दिँदाखेरी विभिन्न विशेषणहरुको प्रयोग हुन्छ । उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ । यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आईपुगेका छौं । एकैठाउँमा हामी संसदमा छौं । त्यसो हुनाले अव हामीले ती विषयहरुलाई कोटर्याइरहनुपर्ने आवश्यक छैन । तथापि अब एउटा सांसद सदस्यले कुनै विषयमा बोल्दा कुनै शब्द प्रयोग ग¥यो । ती शब्दहरु प्रयोग नै नभएका शब्दहरु पनि होइनन् । त्यसो हुनाले यी विषयहरुलाई चाहीँ अतिशयोक्तिपूर्ण तरिकाबाट नलिएर जुन कामका लागि हामी यहाँ संसदमा निर्वाचित भएर आएका छौं । विभिन्न विधेयकहरु छन । यसमा गम्भिर छलफलमा हामी केन्द्रित हुनुपर्छ । कहिले कोही सत्तामा हुन्छ, कोही विपक्षमा हुन्छ । हामी विपक्षमा हुँदा ज्याँदै हतोत्साही हुने र अत्यन्तै ज्याँदा प्रतिक्रियात्मक हुने र हुँदाखेरी फेरी बेग्लै रुपमा आफूलाई लिने काम हामीले गर्नु हुँदैन । धेरै कुराहरु हामीले सँगै बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ । त्यसकारण यसलाई मलाई लाग्छ–यसलाई छिटो टुंग्याउनु पर्छ । र संसदको प्रक्रिया अघि बढ्नुपर्छ ।’प्रवक्ता महतले सहकारी काण्डमा विवादमा तानिएका सबैलाई सरकारको सम्बन्धित निकायले छानविन गर्नुपर्ने धारणा समेत राख्नुभयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?