Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुग्नुभएको हो ।

यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । दाहाल नेकपा (एमाले)लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?