Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काँग्रेसीले पढ्दैनन्, कम्युनिष्टले छोडिसकेः पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पठ्ने गरेको स्मरण गर्दै तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए । उनले काँग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिष्टहरु पनि अध्ययनमा रुची राख्न छोडिसकेको बताए । उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरेपनि अरण्य रोदन जस्तो हुने गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुशीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताउदै उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने बताएका छन् । उनले समावेशी र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?