Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री अधिकारी


काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन्  ।

शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरिसकेको बताए । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको बताउदै उनले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाएका छन्  ।

उनले भने, ‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिंगो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउदै उनले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि बताए  ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?