Trending
>>   २०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु >>   बेलारुसमा राष्ट्रपति चुनावको तयारी >>   नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   चार संसदीय समितिको बैठक बस्दै >>   मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना >>   अन्य व्यावसायिक लिगले राम्रो वातावरण सिर्जना गरेको छ– अध्यक्ष बेगानी >>   कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्ः अध्यक्ष नेपाल >>   आज मिति २०८१ साल माघ ०२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   गॊलि प्रहार गरी श्रीमतीको हत्या >>   ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

इन्द्रजात्राको पूर्वतयारीमा वसन्तपुर (तस्बिरहरु)


काठमाडौँ। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक शुरु भएको छ । आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो  ।

 


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?