Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति


काठमाडौँ। आफ्नो दोस्रो कार्यकाल शुरु हुन बाँकी हुँदा नै अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिनेसहित विस्तारवादी टिप्पणीले युरोपमा अशान्ति मच्चाएको छ ।

ट्रम्पको टिप्पणीले युरोपभर व्यापक चिन्ता जगाएको बताइएको छ । लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड, डेनमार्कको स्वशासित क्षेत्र हो । ग्रिनल्याण्डमा ट्रम्पको चासो पहिलो राष्ट्रपति कार्यकालदेखि नै हो । २०१९ मा उनले क्षेत्र खरिद गर्ने प्रश्ताव राखेका थिए । जुन कदमलाई डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले तत्काल अस्वीकार गर्नुभयो ।
ट्रम्पको विवादास्पद टिप्पणीले अमेरिका–युरोप सम्बन्धको भविष्यको बारेमा चिन्ताहरू बढाएको विज्ञहरूले चेतावनी दिए ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?