Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने


काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन्।

संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले  गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए । उनले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको बताए । उनले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बताएका छन्  । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता जनाए  ।

उनले भने ‘विद्युत महशुस तिर्न जनताहरुले नपाएर त्यसको पेनाल्टी तिर्नुपर्ने अवस्था रहेछ । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्नेछ । यसका लागि आवश्यक व्यवस्था गर्नेछ । हाम्रा थुप्रै आवश्यकताहरु छन् । जडिबुटीको धनी जिल्ला हो संखुवासभा । हामी आयुर्वेदिक विश्वविद्यालय नै निर्माण गर्ने चरणमा पुगेका छौँ । गत क्याबिनेटमा संखुवासभा खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुनेछ भन्ने निर्णय भएको छ । म आफैँलाई पनि भाग्यमानी ठानेको छु । यस्ता क्रान्तिकारी महिला विदुषीहरुको नामबाट स्थापना हुने विश्वविद्यालय त्यसमा पनि संखुवासभामा निर्माण हुने विश्वविाद्यलयको निर्णय हुँदै गर्दा म आफू क्याबिनेटमा मन्त्रीको रुपमा उपस्थित हुन पाएँ त्यसले पनि भाग्यमानी ठान्छु।

मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?