Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सरकारले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने


काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन्।

संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले  गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए । उनले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति आफूले पाएको बताए । उनले विद्युत महशुस तिर्न जनताहरुले नपाएर पेनाल्टी तिर्नुपर्ने अवस्थाको छिटै अन्त्य गर्ने बताएका छन्  । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता जनाए  ।

उनले भने ‘विद्युत महशुस तिर्न जनताहरुले नपाएर त्यसको पेनाल्टी तिर्नुपर्ने अवस्था रहेछ । अब सबै ठाउँमा समयमा विद्युत महशुल तिर्न पाउनेगरीको व्यवस्था मन्त्रालयले गर्नेछ । यसका लागि आवश्यक व्यवस्था गर्नेछ । हाम्रा थुप्रै आवश्यकताहरु छन् । जडिबुटीको धनी जिल्ला हो संखुवासभा । हामी आयुर्वेदिक विश्वविद्यालय नै निर्माण गर्ने चरणमा पुगेका छौँ । गत क्याबिनेटमा संखुवासभा खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुनेछ भन्ने निर्णय भएको छ । म आफैँलाई पनि भाग्यमानी ठानेको छु । यस्ता क्रान्तिकारी महिला विदुषीहरुको नामबाट स्थापना हुने विश्वविद्यालय त्यसमा पनि संखुवासभामा निर्माण हुने विश्वविाद्यलयको निर्णय हुँदै गर्दा म आफू क्याबिनेटमा मन्त्रीको रुपमा उपस्थित हुन पाएँ त्यसले पनि भाग्यमानी ठान्छु।

मन्त्री खड्काले संखुवासभा पर्यटनको लागि पनि उच्च सम्भावना भएको जिल्ला रहेको बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?