Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरुमा पनि आतंक सिर्जना गर्न खोजियो :सांसद माधव सापकोटा


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताएका छन् । उनले महाअभियोग लगाए सत्तारुढ दलहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिदै उनले  उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताएका छन्  ।

उनले भने , ‘यो दर्ता भएर प्रक्रियामा अगाडी गयो भने सत्तापक्षले अथवा सरकारको नेतृत्व गरिराखेका दुई ठुला पार्टीले यसको मूल्य महंगो नै चुकाउनुपर्छ भन्ने हाम्रो बुझाई छ । उपसभामुख सामाजिक अभियन्ता, गैर राजनीतिक पृष्ठभुमिमा आउनुभएको हो । उहाँहरुले जे धरालत समाउन खोजिराख्नुभएको छ, त्यो त्यति बलियो छैन । महाअभियोग लगाएर हटाउनुपर्ने तहको अपराध त्यो होइन । केही कमजोरीहरु हुन् । यस्तो भयो भने यसको कानूनी हिसाबले पनि र जनताको बिचमा जाने सडक संघर्षमा जाने हुनसक्छ । यो एउटा हटाएर अरु सबै संस्थाका प्रमुखहरुलाई आतंक सिर्जना गर्ने, भय सिर्जना गर्ने र त्यसबाट अनुचित लाभ लिने प्रकारको इन्टेन्शन पनि देखिन्छ । कानुनी हिसावले प्रतिवाद गर्नुको विकल्प छैन ।’

उनले उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरुमा पनि आतंक सिर्जना गर्न खोजिएको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?