Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरुमा पनि आतंक सिर्जना गर्न खोजियो :सांसद माधव सापकोटा


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताएका छन् । उनले महाअभियोग लगाए सत्तारुढ दलहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिदै उनले  उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताएका छन्  ।

उनले भने , ‘यो दर्ता भएर प्रक्रियामा अगाडी गयो भने सत्तापक्षले अथवा सरकारको नेतृत्व गरिराखेका दुई ठुला पार्टीले यसको मूल्य महंगो नै चुकाउनुपर्छ भन्ने हाम्रो बुझाई छ । उपसभामुख सामाजिक अभियन्ता, गैर राजनीतिक पृष्ठभुमिमा आउनुभएको हो । उहाँहरुले जे धरालत समाउन खोजिराख्नुभएको छ, त्यो त्यति बलियो छैन । महाअभियोग लगाएर हटाउनुपर्ने तहको अपराध त्यो होइन । केही कमजोरीहरु हुन् । यस्तो भयो भने यसको कानूनी हिसाबले पनि र जनताको बिचमा जाने सडक संघर्षमा जाने हुनसक्छ । यो एउटा हटाएर अरु सबै संस्थाका प्रमुखहरुलाई आतंक सिर्जना गर्ने, भय सिर्जना गर्ने र त्यसबाट अनुचित लाभ लिने प्रकारको इन्टेन्शन पनि देखिन्छ । कानुनी हिसावले प्रतिवाद गर्नुको विकल्प छैन ।’

उनले उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरुमा पनि आतंक सिर्जना गर्न खोजिएको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?