Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

चाडपर्वमा सडक यातायातमा समस्या हुन नदिने गरी सडक पूर्वाधार मर्मतको काम हुँदैछः भौतिकमन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम शुरु गरेको बताएका छन्।

मंगलवार राष्ट्रिय सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताएका छन् । उनले नियमति रुपले बनाउने सडक पूर्वाधरसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरेका छन् । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिएका छन् ।

उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरुमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गर्दै निर्माणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भिर भएर लागेको जानकारी दिए । उनले निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताएका छन् । उनले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानून बनाउन सरकार लागेको पनि बताएका छन् ।

उनले भने,‘दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्येनजर राखेर दुई तरिकाले बाटो मर्मत सरकारले गरिरहेको छ । नियमति रुपले बनाउने सडक पूर्वाधर छँदैछन्। वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको कुरा महत्वपूर्ण छ । संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको छ । सडक मर्मतको काम शुरु भएको छ । संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरु मध्ये ५ हजार किलोमिटर सडक मर्मत हुने अवस्थामा छन् । निार्मणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरा महत्वपूर्ण छ । निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निार्मण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कर्डाका साथ भनेका छौं । यातायात आवागमनमा असहज हुनुहँदैन भनेर निर्देशन दिएका छौं । सडक सुरक्षा ऐन नबनेकाले कानून बनाउन सरकार लागेको छ ।’

मन्त्री दाहालले रुग्ण आयोजनाहरुको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको बताउदै निर्माण व्यवसायहरुसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?