Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

अमेरिकाको टेक्सासमा कन्सुलर अफिस खोल्न प्रमुख सचेतक शाहीको आग्रह


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्  ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन आग्रह गर्दै उनले  सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताएका छन्। उनले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यि भवनहरुपनि साटफेर गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘६६ वर्ष अगाडीको राजदुतावासको जमिन र आजको जमिन नेपाली राजदुतावासमा होइन कि कसैको क्यान्टिनमा गएजस्तो बिल्डिङ बनाएका छन् । राजदुत बस्ने घर ठुलै छ । राजदुतावास सानै छ । म यो संसदमार्फत् प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई के अपील गर्न चाहान्छु भने राजदुत बस्ने घर चाहीँ राजदुतावास बनाइदिनुस् । राजदुतावास भएको घर चाहीँ राजदुत बसाइदिनुस् । यो  गर्यो  भने नेपालीको मान, सम्मान, इज्जत बढ्छ । टेक्सासमा कन्सुलर अफिस खोल्न पनि आग्रह ।’

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड पनि दिएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?