Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छः सांसद गिरी


काठमाडौं। नेकपा(एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताउदै उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताए । उनले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरेका छन् । उनले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताउदै संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने बताएका छन्।

उनले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको भएपनि अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसदभित्र प्रवेश गरेको बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?