Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

आवासीय चिकित्सकहरुमाथिको श्रम शोषण अन्त्य गर्न सांसद कार्कीको माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरुले आवासिय चिकित्सकहरुमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छिन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीजि मेडिकल कलेजहरुले आवाशिय चिकित्सकहरुमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन् । उनले ०७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गरिन्।

उनले सरकारी मेडिकल कलेजहरुले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिएपनि नीजि मेडिकल कलेजहरुले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिएकी छिन् ।

उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निःशुल्क बनाउन माग गरिन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?