Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

माओवादी सांसदको आरोपः प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाएका छन्  ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एनसेलको भर्खरै  नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताए ।

उनले भने, ‘एनसेलको भर्खरै  नविकरणको बारेमा तिनीहरुले एकै पटक पैसा तिर्नु पर्दथ्यो । तर किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर प्रधानमन्त्रीज्युले भनिरहनुभएको छ । यो के सोच हो ? उहाँले भ्रष्टाचार गरिन्न, सहिन्न भनेर नेपाली जनताको जनताको अगाडि जे भनिरहनुभएको छ । २०५० सालतिर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला सँग बस्नुहुन्थ्यो । उहाँहरुको बीचमा अन्तरबिरोध थियो । कृष्णप्रसाद भट्टराईजीले के भन्नुहुन्थ्यो भने गिरिजाबाबु र म त एकदम मिलेका छौँ भन्नुहुन्थ्यो । नमिल्दा मिलेका छौँ भन्नुहुन्थ्यो, मिलेपछि त भनिरहनु पर्दैन । अहिले सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको हो ।’

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?