Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

माओवादी सांसदको आरोपः प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाएका छन्  ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एनसेलको भर्खरै  नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताए ।

उनले भने, ‘एनसेलको भर्खरै  नविकरणको बारेमा तिनीहरुले एकै पटक पैसा तिर्नु पर्दथ्यो । तर किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर प्रधानमन्त्रीज्युले भनिरहनुभएको छ । यो के सोच हो ? उहाँले भ्रष्टाचार गरिन्न, सहिन्न भनेर नेपाली जनताको जनताको अगाडि जे भनिरहनुभएको छ । २०५० सालतिर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला सँग बस्नुहुन्थ्यो । उहाँहरुको बीचमा अन्तरबिरोध थियो । कृष्णप्रसाद भट्टराईजीले के भन्नुहुन्थ्यो भने गिरिजाबाबु र म त एकदम मिलेका छौँ भन्नुहुन्थ्यो । नमिल्दा मिलेका छौँ भन्नुहुन्थ्यो, मिलेपछि त भनिरहनु पर्दैन । अहिले सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको हो ।’

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?