Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छः मन्त्री खड्का


काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्।

गृहजिल्ला संखुवासभामा मंगलवार आयोजित नेपाल प्रेस युनियन संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले जनताहरुसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताएका छन्।

उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठूला राजनीतिक दलहरुले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिवद्धता जनाए । उनले वर्तमान सरकार दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको उल्लेख गर्दै स्थायी ढंगले पूर्ण कार्यकालसम्म रहने दाबी गरेका छन्। उनले जनतालाई अनुभुति हुने, न्यायोचित ढंगले देखिने गरी काम गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका छन्।

मन्त्री खड्काले विकास निर्माणको जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती रआलटाल गर्ने छुट नरहेको बताए । उनले अब आर्थिक क्रान्तिको अगुवा काँग्रेसले गर्ने पनि दाबी गरेका छन्।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?