Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छः मन्त्री खड्का


काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्।

गृहजिल्ला संखुवासभामा मंगलवार आयोजित नेपाल प्रेस युनियन संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले जनताहरुसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी देशको आवश्यकताअनुसारको संविधान संशोधन हुने बताएका छन्।

उनले संविधानका केही कारणले अहिलेको अवस्थामा आइपुगिएको निस्कर्ष दुई ठूला राजनीतिक दलहरुले निकालेको भन्दै संविधानमा भएका कमी, कमजोरीलाई सच्याउने प्रतिवद्धता जनाए । उनले वर्तमान सरकार दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको उल्लेख गर्दै स्थायी ढंगले पूर्ण कार्यकालसम्म रहने दाबी गरेका छन्। उनले जनतालाई अनुभुति हुने, न्यायोचित ढंगले देखिने गरी काम गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका छन्।

मन्त्री खड्काले विकास निर्माणको जनताको चाहनालाई सम्बोधन गर्न सरकार बनेको भन्दै यसमा ढिलासुस्ती रआलटाल गर्ने छुट नरहेको बताए । उनले अब आर्थिक क्रान्तिको अगुवा काँग्रेसले गर्ने पनि दाबी गरेका छन्।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?