Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको ‘वाटर स्यालुट’सहित बिदाइ


काठमाडौँ । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ ।

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित विदाई गरेका थिए ।

बुद्ध एयरकाअनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान शुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाई गरिएको छ । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताए ।

उनले सन्१९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाईएको बताए । उनले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाएको बताए। उनले  विमान दुई किसिमले विधाई हुने बताउदै उनले पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा संञ्चालन गर्न नसक्दा विधाई हुने बताएका छन्  ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?