Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रहः जनतालाई मर्कापर्ने काम नगर्नुस्


काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका छन् । उनले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो ? भनि प्रश्न समेत गरेका छन् । काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सांसद पन्तले काठमाडौंको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरेका छन्।

उनले भने ,‘काठमाडौं महानगरपालिकाका मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने–जनताको हितमा कदम चाल्नुस् । राम्रो कुरा गर्नुहोस् न । काठमाडांै महानगरपालिकाको मेयरले राम्रो काम गर्नुभयो भने त राम्रै भनिन्छ नि । उहाँले एउटा काम शुरु गर्नुभएको थियो–कहाँ पुग्यो थाहा छैन कि यो पेन्टागन जस्ता अनेकथरी नाम राख्ने थुप्रै स्कुलहरु छन । तिनीहरुको नाम नेपालीमा राख्नुप¥यो भनेर । कानून अनुसार गर्नुपर्ने त त्यही हो । त्यसलाई लागू गर्ने भनेको सुनिएको थियो । त्यो कहाँ पुग्यो ? त्यस्ता कुराहरुलाई पूर्णतामा पु¥याउनुस् । राम्रो छ । त्यो गर्नुपर्ने काम हो । तर यो जुन काम गर्दा जनतालाई मर्का पर्छ, त्यो काम गर्नुहुँदैन ।’

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?