Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रहः जनतालाई मर्कापर्ने काम नगर्नुस्


काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका छन् । उनले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो ? भनि प्रश्न समेत गरेका छन् । काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सांसद पन्तले काठमाडौंको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरेका छन्।

उनले भने ,‘काठमाडौं महानगरपालिकाका मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने–जनताको हितमा कदम चाल्नुस् । राम्रो कुरा गर्नुहोस् न । काठमाडांै महानगरपालिकाको मेयरले राम्रो काम गर्नुभयो भने त राम्रै भनिन्छ नि । उहाँले एउटा काम शुरु गर्नुभएको थियो–कहाँ पुग्यो थाहा छैन कि यो पेन्टागन जस्ता अनेकथरी नाम राख्ने थुप्रै स्कुलहरु छन । तिनीहरुको नाम नेपालीमा राख्नुप¥यो भनेर । कानून अनुसार गर्नुपर्ने त त्यही हो । त्यसलाई लागू गर्ने भनेको सुनिएको थियो । त्यो कहाँ पुग्यो ? त्यस्ता कुराहरुलाई पूर्णतामा पु¥याउनुस् । राम्रो छ । त्यो गर्नुपर्ने काम हो । तर यो जुन काम गर्दा जनतालाई मर्का पर्छ, त्यो काम गर्नुहुँदैन ।’

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?