Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या


काठमाडौं  । नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

आईतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताएका छन् । उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताएका छन् । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए । उनकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताएका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए ।

विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण रहेको बताउदै उनले विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको बताएका छन्। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् ।
त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाँै भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?