Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्ने


जनकपुरधाम। संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक जगत प्रसाद यादव, एकीकृत समाजवादी पार्टीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको महामन्त्री पवन कुमार साह, जनअधिकार पार्टीको अध्यक्ष इमदाद गड्डी लगायतका जोगेन्द्र राय, सतीश लाल दास, सुभाष कर्ण, बिभा ठाकुर, बिन्दु ठाकुर, बिमला साह, भोलानाथ झा, मुरारी कर्ण, इश्वर पण्डित, आदि नेताहरुको उपस्थिति थियो ।

तराई-मधेश लोकतान्त्रिक पार्टीको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डल अनुसार “२०८१ भाद्र ३१ गते संयुक्त मधेश संघर्ष समितिले जनकपुरधामको कलवार कुटीमा दिउँसो १ बजे ‘मधेश र संविधान संशोधनः हाम्रो खबरदारी’ माथि केन्द्रित रहेर खबरदारी सभा गर्नेछ ।“

संयुक्त मधेश संघर्ष समितिले मिति २०८१/०४/०४ गते प्रकाशित प्रेस विज्ञप्ति मार्फत प्रदेशहरुलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानिय तहको प्रतिनिधि सदन राष्ट्रिय सभा को भूमिकामा अझ मजबूती, संघीय संरचनामा प्रदेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरुको मान्यता, भ्रष्टाचारमाथि कारगर नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मांगहरु अघि सारेको छ । समितिले सबै पहिचानवादी संघीयतावादीहरुलाई गोलबन्द हुन आह्वान समेत गरेको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?