Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गर्यो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका छन्। बुधवार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटव्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गर्नुभएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्ध्त गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको भन्दै त्यसलाई अझै उचाईमा पुर्याउन सरकार लागिपर्ने बताउनुभएको जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहिनता स्वीकार्य नहुने कुरा पनि बताउनुभएको जानकारी दिए।

उनले भने , ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सहमती गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौं । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहिनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छांै । विधिको शासन मान्छौं । र लोकतान्त्रिक मूल्यमान्ता अनुसार अगाडि बढ्न चाहन्छांै । हामी कुनै पनि खाले निरंकुश, अराजक, अनुशासनहिनतालाई अस्वीकार गर्दछौं । र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा हामी उभिनेछौं ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?