सिन्ह्वा। अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
अफगानिस्तानको राजधानी काबुलको दक्षिणपश्चिमी क्षेत्रमा भएको आत्मघाती हमलामा ६ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएकोकाबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।
जाद्रानका अनुसार एक व्यक्तिले शरीरमा इम्प्रोभाइज्ड विस्फोटक यन्त्र बोकेर काबुल शहरको छैठौं जिल्ला कला–ए–बख्त्यार क्षेत्रमा विस्फोट गराएको थियो । मारिएका ६ जना आत्मघाती आक्रमणकारी बाहेक सबै सर्वसाधारण नागरिक थिए ।
घाइतेहरुलाई अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार