Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यकः सांसद बेलवासे


काठमान्डौ। नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छिन ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरुको उत्पादन बढाउनुपर्ने बताएकी छिन् । उनले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताइन् । उनले बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाउन सरकारसँग आग्रह गरिन् । उनले उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्ने आवश्यकता औंल्याउदै भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनुपर्ने बताएकी छिन्।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि त्यस्ता औजारहरुको उत्पादन गरोस् । कृषिलाई आधुनिकीकरण गरियोस् र औजारयुक्त कृषि बनाइयोस् । नेपालकै फलाम खानीलाई उपयोग गरियोस् । नेपालकै वैज्ञानिकहरुलाई काम दिइयोस् । बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाइयोस् । उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्छ । कृषि, पशुपालन, वनलाई प्रयोग गर्नसक्छौँ । भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनु पर्छ ।’

सांसद बेलवासेले आन्तरिक उत्पादानमा जोड दिन गरेकी छिन् ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?