Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यकः सांसद बेलवासे


काठमान्डौ। नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छिन ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरुको उत्पादन बढाउनुपर्ने बताएकी छिन् । उनले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताइन् । उनले बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाउन सरकारसँग आग्रह गरिन् । उनले उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्ने आवश्यकता औंल्याउदै भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनुपर्ने बताएकी छिन्।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि त्यस्ता औजारहरुको उत्पादन गरोस् । कृषिलाई आधुनिकीकरण गरियोस् र औजारयुक्त कृषि बनाइयोस् । नेपालकै फलाम खानीलाई उपयोग गरियोस् । नेपालकै वैज्ञानिकहरुलाई काम दिइयोस् । बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाइयोस् । उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्छ । कृषि, पशुपालन, वनलाई प्रयोग गर्नसक्छौँ । भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनु पर्छ ।’

सांसद बेलवासेले आन्तरिक उत्पादानमा जोड दिन गरेकी छिन् ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?