Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँ :अर्जुननरसिंह केसी


काठमाडौ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताउदै उनले संविधान संशोधनको कुरा उठिरहेको भन्दै सो विषयमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

काँग्रेस सांसद अर्जुननरसिंह केसीले निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्ने दाबी गरेका छन् । उनले निर्वाचित प्रधानमन्त्री नहुँदा राष्ट्रिय जीवन तहस–नहस हुन लागेको बताउदै संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सांसद केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्नु नहुने बताउनु भयो । उनले अहिलेसम्म सरकारको साझा न्युनतम कार्यक्रम प्रश्तुत नगरेको भन्दै तत्काल सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?