Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाऔँः प्रेम सुवाल


काठमाडौ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गरेका छन् ।

आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरेका छन् । उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरु उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरुले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन्।

उनले भने,‘अहिले नेपाली जनता घरखेत बेचेर रोगको उपचार गर्नुपर्छ । कतिले हामीलाई सुनाउँछन्, हाम्रो त घरजग्गै गयो, उपचार गर्दागर्दै । त्यसकारण यतातिर मन्त्रीज्युको ध्यान जान उपयुक्त हुन्छ । मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाउँ । यो विषय हामीले संसदमा पनि उठाएका छाँै । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरु विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ । अंग असफल हुने, क्यान्सर रोग लाग्नै नदिन के गर्नुपर्छ, त्यसबारेमा पनि ध्यान दिआँै ।’

सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?