Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा


११ चैत्र ,सुन्दरहैचा। सातौ संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो ‘सडेनडेथ’बाट भएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए ।

सडेनडेथमा जाउलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए । आर्मीको तर्फबाट टङ्क बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजङ्ग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए ।

सेसेहाङ आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी बिदा भएर घर फर्किन बाध्य भयो । जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।

आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै आफ्नो प्रतिस्पर्धा बिट मार्न पुग्यो ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए । उनले रु ११ हजार प्राप्त गरे । चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गरे ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?