Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम


काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताएका छन् । उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताउदै उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए ।

उनले भने, ‘हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्नसक्ने व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । सोलुमा हिमताल फुट्यो, नोक्शान भयो । श्रद्धाञ्जली दिने भन्दा केही गर्न सकिएन । मैले ६ वटा ताल तुरुन्तै फुट्नेवाला छ । आतंकित बनाएको छ त्यहाँ । तर त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खालि समयमा मसँग भेट गरौँला । नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ । सडक दुर्घटना बढेको बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ । निर्माणको कारणले होइन ।’

उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताएका छन्


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?