Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम


काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताएका छन् । उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताउदै उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए ।

उनले भने, ‘हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्नसक्ने व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । सोलुमा हिमताल फुट्यो, नोक्शान भयो । श्रद्धाञ्जली दिने भन्दा केही गर्न सकिएन । मैले ६ वटा ताल तुरुन्तै फुट्नेवाला छ । आतंकित बनाएको छ त्यहाँ । तर त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खालि समयमा मसँग भेट गरौँला । नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ । सडक दुर्घटना बढेको बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ । निर्माणको कारणले होइन ।’

उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताएका छन्
।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?