Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँः सभापति खान


काठमाडौं । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताए । उनले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरु नठगिने बताएका छन् । उनले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताए।

उनले सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताएका छन् । उनले उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताए । उनले उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरु राजनीतिकरणमा लाग्नु नहुने बताएका छन् ।

उनले भने, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्युहरु बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरु सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यि दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खासगरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरुको हक हीतमा भने विभिन्न उद्योगहरु, विभिन्न कम्पनीहरुका सञ्चालकहरु हामी तपाईंसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरुको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरुको राजनीतिकरणमा लाग्नु हुँदैन ।’

उनले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताए । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गरे । उनले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताएका छन् ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?