Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी


११ चैत्र ,तुलसीपुर । दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताएकी हुन्‌ ।

“ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भनिन्‌, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन्‌ ।

उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?