Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त


काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गरेकी छिन् ।

शुक्रवार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी छिन् । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उनले सन्तोष व्यक्त गरेकी छिन्।

उनले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरुलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको छिन् । राज्यमन्त्री खड्सेले आफु शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि बताइन्।

उनले भनिन् – ‘भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्रीज्यु आउनुभयो । उहाँले घाइतेहरुलाई भेट्नुभयो । हामीसँग कुरा गर्दा उहाँले नेपाल सरकारले अत्यन्त चाँडो रेस्क्यु गरिदिनु भयो । नेपाल सरकार, रेस्क्युमा संलग्न भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले राम्रो काम गरेर केही मान्छेहरु बाँच्नुभयो भनेर उहाँले प्रशंसा नै गर्नुभयो त्यो मानेमा । उपचारपनि अस्पतालमा एकदम राम्रो भइराखेको छ भन्ने घाइते भएर बसिरहेका मान्छेहरुलाई मैले सोधे डाक्टरहरुले एकदम राम्रो उपचार हाम्रो गरिराखेका छन् भनेर भन्यो त्यसको लागि पनि धन्यवाद छ भन्नुभयो । हामीले जति सक्यौँ त्यो गर्नुपर्ने नेपाली नागरिक, विदेशी नागरिक सबैका लागि गर्नुपर्ने कुरा हो रेस्क्यु गर्ने कुरा ग¥यौँ । उहाँ अहिले चितवन जानुहुन्छ । त्यहाँबाट लास पनि लगेर उहाँ जानुहुन्छ ।’

राज्यमन्त्री खड्से अब चितवन जाने र शवपनि भारत लिएर जाने मन्त्री लेखकले बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?