Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल


१० चैत्र ,भैरहवा । शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।

भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।

यस्तै फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्र्तगत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् । यसबाहेक वेल्टरवेटअन्र्तगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्र्तगत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।

नेपालको काठमाडौलगायतका सहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो–नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताए । “भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरुको उपलब्धतालगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहाँ आयोजना गर्ने निर्णय गरेका हौँ”, ओबरायले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहाँ निरन्तरता दिने सोच बनाएका छौँ ।”

टाइगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क रु दुई हजार राखिएको छ । प्रतियोगिता करिब तीन सय बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?