Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कराते महासङ्घको महाधिवेशन चितवनमा


१० चैत्र ,चितवन । नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ ।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो । त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिए ।

महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् । कराते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरु (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ । विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?