Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कराते महासङ्घको महाधिवेशन चितवनमा


१० चैत्र ,चितवन । नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ ।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो । त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिए ।

महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् । कराते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरु (सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ । विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?