काठमाडौँ । जुम्लामा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेका उनको घटनास्थलमै मृत्यु भएको छ ।
प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार