Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इन्जिनियर्स एसोसियसन निर्वाचनः लोकतान्त्रिक समूहले टुंगायो प्यानल (नामावलीसहित)


काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ । इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहनेगरि लोकतान्त्रिक समुहले प्यानल घोषणा गरेको छ ।

अध्यक्षका उमेदवार बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन् । पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् । भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो ।

यी हुन् उम्मेदवार
अध्यक्ष : इ.सुवास चन्द्र बराल
उपाध्यक्ष : इ.प्रकाश केसी
महासचिव : इ.विनोद प्रकाश पण्डित
उपमहासचिव : इ.अनिल मानन्धर
कोषाध्यक्ष : इ.सुमन थापा
सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल
सदस्यहरु : इ.यम कृष्ण पौडेल
इ.प्रभुराम पोखरेल
इ.एमेन्द्र गुरुङ्ग
इ.अनिल पौडेल
इ.संजय कुमार साह
इ.नेत्र प्रसाद देवकोटा
इ.भैरव धिताल
इ.सुजन श्रेष्ठ
इ.लोकेन्द्र अधिकारी
इ.विक्रम कुमार दास
इ.प्रियंका गुप्ता
इ.जय किसुन राय


प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?