Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

इन्जिनियर्स एसोसियसन निर्वाचनः लोकतान्त्रिक समूहले टुंगायो प्यानल (नामावलीसहित)


काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ । इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहनेगरि लोकतान्त्रिक समुहले प्यानल घोषणा गरेको छ ।

अध्यक्षका उमेदवार बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन् । पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् । भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो ।

यी हुन् उम्मेदवार
अध्यक्ष : इ.सुवास चन्द्र बराल
उपाध्यक्ष : इ.प्रकाश केसी
महासचिव : इ.विनोद प्रकाश पण्डित
उपमहासचिव : इ.अनिल मानन्धर
कोषाध्यक्ष : इ.सुमन थापा
सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल
सदस्यहरु : इ.यम कृष्ण पौडेल
इ.प्रभुराम पोखरेल
इ.एमेन्द्र गुरुङ्ग
इ.अनिल पौडेल
इ.संजय कुमार साह
इ.नेत्र प्रसाद देवकोटा
इ.भैरव धिताल
इ.सुजन श्रेष्ठ
इ.लोकेन्द्र अधिकारी
इ.विक्रम कुमार दास
इ.प्रियंका गुप्ता
इ.जय किसुन राय


प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?