रौतहट । रौतहटको गौरमा हिजो राति धारिलो हतियार प्रयोग गरी गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको छ ।
महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार