Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

भर्चुयल माध्यमबाट जिल्लाबासीका समस्या बुझ्दै मन्त्री पाण्डे


काठमाडाैं। शनिवारको दिन समान्यतया अफिसियल कामको बोझबाट मुक्त रहेर पारिवार र आफन्तसँग समय बिताउने दिन हो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे शनिवार पनि निकै व्यस्त देखिनु हुन्थ्यो । शनिवार मान्त्रालयहरु बन्द रहे पनि हवाइ सुरक्षाका विषयमा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरुको निवास मै पुगरे आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल गर्ने काममा नै उहाँ व्यस्त हुनुहुन्थ्यो ।

साँझ ठीक ७ बजेको थियो सचिवालयको टिम गुगलमिट र फोन मार्फत जिल्लाबासीसँग हरेक शनिवार गरिने नियमित भेटघाटका लागि तयारी अबस्थामा थियो । केही मिनेट ढिलो गरी मन्त्री पाण्डे निवास पुग्नभयो र सबैलाई अभिवादन गर्दै जिल्ला बासीको समस्या सुन्न थाल्नुभयो । सुरुमा नै उहाँले जिल्लामा करेन्ट लागेर एक जनको मृत्यु भएको र बाजुरको दुर्गम उत्तरी भेगको हिमाली गाउँपालिका ३ को गोरुखर्कमा गएको पहिरोमा परी चार जना घाइते भएको खबरबाट दुखित भएको सुनाउँदै ती घटनाको थप अपडेट लिनु भयो । घाईते भएका आफन्तसँग समेत कुराकानी गर्दै समस्याका प्रशासनिक रूपमा उद्वार र राहतमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै शनिबार करेन्ट लागेर ज्यान गुमाएका बडिमालिकाका एक युवाको बारेमा समेत जानकारी लिनुभयो ।

पहिलोपटक मन्त्री बन्नु भएका युवा नेता पाण्डे गृह जिल्ला बाजुराबासीका पीर मर्काहरू प्रति सजग र सचेत रूपमा देखिनु भएको छ । मन्त्री एक महिना नपुग्दै एक पछि अर्को गरी भएका हवाई दुर्घटनाका कारण उहाँले जिल्ला मै पुगरे स्थानीयबासीसँग खुशी साटासाट गर्ने तथा सुखदुखका कुरा गर्ने समय निकाल्न सक्नु भएको छैन । तर पनि जिल्लाको गरिबी ,भौगोलिक विकटताका साथै अभावलाई नजिकबाट नियाल्नु भएका मन्त्री पाण्डे मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै प्रत्येक हप्ताको शनिबार गुवलमिट र फोन कल मार्फत जिल्लाबासीका समस्या सुन्ने र समस्या समाधानका लागि पहल कदमी गर्दै आउनु भएको छ ।

भर्चुयल भेटघाट शुरु भएको चौथो हप्ता पूरा भएको छ । सामाजिक सञ्जालको पहुँचमा नभएका जिल्लाबासीसँग पनि सम्पर्क कायम गर्न र सुखदुख बुझन उहाँ आफैले फोन कल पनि गर्न भ्याउनु हुन्छ । चौथो शनिवार उहाँले बुढिगंगा नगरपालिका १ का ज्येष्ठ नागरिक गोकुलबहादुर सिंहसँग फोन सम्वाद गर्नुभयो । साँझपख झमझम पानि परिरहेका बेला एक्कासि मन्त्रीले फोन गरेर हालखबर के छ बा भन्दा गोकुलबहादुर अलमलमा पर्नुभयो । तर पछि उहाँले रातदिन झरी परिरहेकाले समस्या भएको सुनाउँदै मन्त्रीसँग कुरा गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

गुगलमिटमा पालो कुरी रहनु भएको स्थानीय भरत बहादुर बुढाले बडिमालिका, बुढिनन्दा लगायतका मन्दिरमा लाग्ने मेलाको सुरक्षाबारे ध्यानाकर्षण गराउनु भयो । लगत्तै मन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग यसबारे गम्भीर रूपमा कुराकानी गरेर प्रवन्ध मिलाउने आश्वासन समेत दिनु भयो । जिल्लाका स्थानीयहरूले साँफे मार्तडी सडक खण्डको नियमित सञ्चालन हुनु पर्ने,धार्मिक पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुका साथै जिल्लामा शान्ति सुरक्षा र समसामयिक विषयमा ध्यान दिन अनुरोध गर्दै आउनु भएको छ ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?