Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सरकारले निराशा चिर्दै नागरिककाे दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएकाे निराशालाई कामबाटै चिर्ने र नागरिककाे दैनिकी सहज बनाउने बताउनुभएकाे छ । आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताउनुभयाे । अहिलेकाे सरकार विशिष्ट अवस्थामा बनेकाेबारे सबैलाई जानकारी रहेकाे भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभयाे ।

`सरकारले अहिले समाजमा देखिएकाे निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे , `सरकार गठनअघि देशलाई समृद्धिकाे मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएकाे सहमतिकाे जगमा याे सरकार बनेकाे तपाईहरूलाई थाहै छ ।´

आफ्नै निर्वाचन क्षेत्रमा आयाेजित कार्यक्रममा उहाँले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएकाे भन्दै मतदाताकाे चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताउनुभयाे । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेकाे र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेकाे बताउनुभयाे ।

अर्काे फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतकाे उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई राेक्न बनेकाे कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेकाे सिंहले दाेहाेर्याउनुभयाे ।

सामाजिक सञ्जाल सन्देश प्रवाहकाे महत्वपूर्ण माध्यम भएपनि दुरूपयाेग भइरहेकाे र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएकाे भन्दै त्यसमा सचेत रहन पनि उहाँले आग्रह गर्नुभयाे । कार्यक्रममा बागमति प्रदेशका मन्त्री हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेलाई पनि सम्मान गरिएकाे थियाे ।


प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?