Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सरकारले निराशा चिर्दै नागरिककाे दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएकाे निराशालाई कामबाटै चिर्ने र नागरिककाे दैनिकी सहज बनाउने बताउनुभएकाे छ । आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताउनुभयाे । अहिलेकाे सरकार विशिष्ट अवस्थामा बनेकाेबारे सबैलाई जानकारी रहेकाे भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभयाे ।

`सरकारले अहिले समाजमा देखिएकाे निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे , `सरकार गठनअघि देशलाई समृद्धिकाे मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएकाे सहमतिकाे जगमा याे सरकार बनेकाे तपाईहरूलाई थाहै छ ।´

आफ्नै निर्वाचन क्षेत्रमा आयाेजित कार्यक्रममा उहाँले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएकाे भन्दै मतदाताकाे चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताउनुभयाे । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेकाे र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेकाे बताउनुभयाे ।

अर्काे फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतकाे उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई राेक्न बनेकाे कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेकाे सिंहले दाेहाेर्याउनुभयाे ।

सामाजिक सञ्जाल सन्देश प्रवाहकाे महत्वपूर्ण माध्यम भएपनि दुरूपयाेग भइरहेकाे र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएकाे भन्दै त्यसमा सचेत रहन पनि उहाँले आग्रह गर्नुभयाे । कार्यक्रममा बागमति प्रदेशका मन्त्री हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेलाई पनि सम्मान गरिएकाे थियाे ।


प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?